देश

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकको निष्कर्ष : सहमति नभएसम्म ओली पक्षले बोलाएका बैठकमा नजाने

जगत ठाडा मगर
२०७८ असार १७ | मध्यान्ह ०८:०३ बजे

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल र माधव कुमार नेपाल समूहले वार्ता र सहमतिका आधारमा बैठक नबोलाएसम्म केपी शर्मा ओली पक्षले बोलाएको बैठकमा नजाने बताएको छ ।

नेता भीम रावलले बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक अवैधानिक भएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको नेता जानकारी दिए ।

“पार्टीको विधान विपरीत गठित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन,” उनले भने, “वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ,”।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र बोलाउनुपर्ने खनाल–नेपाल समूहको माग छ ।

ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

कमेन्टहरु