शिक्षा, समाचार

बर्दघाट नगरपालिकाको शैक्षिक सुधार बर्ष

नवलपुर टुडे
२०८१ अशोज १७ | मध्यान्ह ०१:०६ बजे

नवलपरासी, असोज १७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले यस बर्षलाई शैक्षिक सुधार बर्षको रुपमा काम अघि बढाएको छ । नगरपालिका भित्रका रहेका सामुदायीक बिद्यालययमा चौतर्फी रुपमा शैक्षिक सुधार गर्ने उदेश्यले विविध काम अघि बढाएको हो ।

जस अन्तर्गत समृद्ध समुदाय विकास केन्द्र सँगको सहकार्यमा बर्दघाट नगरपालिकाले नगरपालिका भित्रका सामुदायीक बिद्यालयका सम्पुर्ण शिक्षकहरुलाई समालोचनात्मक चिन्तन तथा सहयोगात्मक सिकाई विधिमा आधारित तालीम संचालन गर्दै आएको छ । यस प्रकारका तालीमहरुले कक्षाकोठामा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुको लेभल समान जस्तो हुने र समग्र शैक्षिक सुधारमा टेवा मिल्ने विश्वास लिइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
photo 2024 10 03 13 38 57
स्कूल लाईफ इन नेपाल डेनमार्क र समृद्ध समुदाय विकास केन्द्र रुपन्देहीको साझेदारीमा बर्दघाट नगरपालिका भित्रका ८ वटा विद्यालयमा समुदायको परिचालनद्वारा बर्दघाट गुणस्तरिय शिक्षा कार्यक्रम संचालन भैरहेको छ । यस तालिम पश्चात दोस्रो चरणमा बाँकी ५ वटा विद्यालयमा यस विधिमा आधारित तालिम सञ्चालन हुने संस्थाका कार्यकारी निर्देशक युवराज शर्मा चापागाईले जानकारी दिनुभयो ।

photo 2024 10 03 13 38 51 1

उक्त परियोजना संचालित विद्यालयहरु मध्य पहिलो चरणमा राष्ट्रिय माध्यमिक विद्यालय, शिद्धज्योती आधारभूत विद्यालय र पवित्र प्राथमिक विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका र सोही विद्यालयका बालक्लब पदाधिकारीहरुलाई उक्त तालिम सञ्चालन भइरहेको छ । यो परियोजना २ वर्ष सम्म ८ वटा सामुदायिक विद्यालयमा संचालित हुनेछ ।

कमेन्टहरु