खोलामा डुबेर बेपत्ता भएको बालकको शव गुताखोर टिमद्वारा फेला


पर्सा । विगत तीन दिन देखि पर्सा जिल्लाको पोखरिया नगरपालिकामा खोलामा डुबेर बेपता भएका बालकको शव फेला परेको छ।
सशस्त्र प्रहरी कुहिनाटारबाट आएको गुताखोरटोली, इलाका प्रहरी कार्यालय पोखरियाको टोली, सशस्त्र प्रहरी पोखरियाको टोली र स्थानीय युवाहरुको संयुक्त खोजीमा आज शव फेला परेको छ ।
पोखरिया नगरपालिकाको वडा नंबर ७ गोबिन्दपुर नजिक धुताहा खोलामा डूबेको स्थानबाट ३ किलोमीटर पर करिब ४ बजेर २५ मिनेटमा शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । पोखरीया नगरपालिकाको वडा नम्बर ९, शिववर्वा बस्ने राजेन्द्र महतो तात्वाका १३ वर्षीय छोरा राजु महतो तात्वा डूबेका थिए ।
पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसो बगाएको थियो । गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा २:४५ बजे बेपत्ता भएका थिए ।























