प्रतिनिधिसभा विघटन : बिहीबारको सुनुवाइ सकियो

जगत ठाडा मगर
२०७८ असार १७ | मध्यान्ह ०७:०३ बजे

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाई भोलि पनि निरन्तर रहने छ ।
आज दिनभर प्रधानमन्त्रीको तर्फबाट कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घन्टा ३० मिनेट समय बाँकी छ ।
बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्र कुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरु महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।
भाेलि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुलाई एक घन्टा समय दिइएको छ ।























