देश

भरतपुरको तरकारी तथा फलफूल मण्डीमा बाढी पस्यो

जगत ठाडा मगर
२०७८ असार १७ | मध्यान्ह ०२:०३ बजे

चितवन । भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको चितवनको सबैभन्दा ठूलो तरकारी तथा फलफूल मण्डीमा बाढी पसेको छ ।

photo 2021 07 01 14 50 43

हिजो साँझदेखि निरन्तर परेको वर्षाका कारण मण्डीको मुल गेटमा रहेको भाग डुबानमा परेको हो । नहर हुँदै आएको पानी मण्डी नजिक आए पछि बाहिर निस्केर मण्डी तिर पसेको छ ।

पानी पसलभित्र छिरेका भने छैन । अझै निरन्तर वर्षा भइरहे पानी पसलभित्रै छिर्न सक्ने सम्भावना देखिन्छ ।

कमेन्टहरु