देश

चलचित्रकर्मीलाई ६० बर्ष कटेपछी राज्यबाट भत्ता सुविधा दिने

जगत ठाडा मगर
२०७८ असार १७ | बिहान १०:०३ बजे

काठमाडौँ । चलचित्र बिकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको छ ।

२१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । जसमा ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा समेत रहेको छ । नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनको मुख्य उदेश्यले २०५७ साल आषाढ १६ विधिवत रुपमा स्थापना भएको चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार समेत प्रदान गर्दै आएको थियो ।

कोरोना महामारीका कारण यो वर्ष राष्ट्रिय चलचित्र पुरस्कार रोकिएको छ । सहज बाताबरण हुने बित्तिकै पुरस्कार बितरण गर्ने बोर्डले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । पछिल्लो समय चलचित्रकर्मी दयाराम दाहाल बोर्ड अध्यक्षमा आएका छन् । दाहाल नियुक्त भएर आएपछि थुप्रै निति तथा कार्यक्रम बनेका छन् ।

जसमा मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने उदेश्यले विकास बोर्डले स्टोरी बैंकको स्थापना, ५ मौलिक चलचित्रलाई राज्यले निर्माण सुबिधा दिने, चलचित्रकर्मी विपद ब्यबस्थापन कोषको सुरुवात, प्रोजेक्ट बिमा सम्बन्धि कार्यविधि निर्माण, डेढ करोडसम्मको लगानीमा बन्ने चलचित्रको प्रोजेक्ट बिमाको शुल्क बोर्डले व्यहोर्ने, निर्माण प्रदर्शन वितरण जाने चलचित्रलाई बोर्डबाट उपलब्ध गराउने सहयोग लगायत रहेका छ ।

बोर्डले कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्र सम्बन्धि व्यवस्थाका साथै काठमाडौं नजिकै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण काम अघि बढेको समेत बोर्डको विज्ञप्तिमा छ ।

कमेन्टहरु