देश

सरकारद्वारा सरदार भक्ति थापालाई राष्ट्रिय विभुति घाेषणा – अरु काे काे हुन् त विभुति घाेषितहरु? (नाम सहित)

जगत ठाडा मगर
२०७८ असार १७ | बिहान १०:०३ बजे

काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् ।

नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए । देउथल हाल भारतको उत्तराखण्ड राज्यमा पर्दछ।

१९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको इतिहासमा पढ्न पाइन्छ । अंग्रेज सेनाले साहसी सैनिकको रुपमा सम्मान गर्दै उनको शवलाई पूर्ण सम्मानका साथ फर्काएको थियो ।

लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेको र करीब एक वर्षपछि उनी नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएको बताइन्छ।

यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु :

१) गौतम बुद्ध
२) अंशुवर्मा
३) सीता
४) जनक
५) अरनिको
६) रामशाह
७) अमरसिंह थापा
८) पृथ्वीनारायण शाह
९) भानुभक्त आचार्य
१०) भीमसेन थापा
११) बलभद्र कुँवर
१२) श्री ५ त्रिभुवन
१३) मोतीराम भट्ट
१४) शंखधर शाख्वा
१५) पासाङ ल्हामु शेर्पा
१६) महागुरु फाल्गुनन्द
१७) भक्ति थापा

कमेन्टहरु