बाढी/पहिरो, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश
बझाङमा बाग्थला नजिक पहिरो खस्दा जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध
प्रशान्त बोहरा
२०८१ अशोज १३ | बिहान ०६:०६ बजे

असोज १३ आईतवार
बझाङ – जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ भित्रनेहरु बिहानैदेखि अलपत्र परेका छन् । तल्लो बाग्थला नजिक रहेको पानी धारा नजिक माथिबाट पहिरो खसेको पाइएको नेपाल बिद्युत प्राधिकरण बाग्थला वितरण केन्द्रका कर्मचारी कम्मान मल्लले जानकारी दिनुभयो ।
चाडपर्व नजिकै गर्दा जयपृथ्वी राजमार्ग बेला बेला अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनले सास्ती भोग्नु परिरहेको छ ।























