बाढी/पहिरो

सप्तकोशी ब्यारेज पुलमा सवारी साधन आउजाउमा रोक

राम नारायण
२०८१ अशोज १२ | मध्यान्ह ०५:०६ बजे

राजविराज, असोज १२ । सप्तकोशीको पानीको बहाव ५ लाख ४१ हजार १ सय ६५ क्युसेक प्रतिसेकेन्ड भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ । अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत पार गरेको शनिबार बेलुका ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि पुलबाट पैदल तथा सवारीसाधहरुको आवत जावत बन्द गरिएको छ ।

अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नु अनुरोध गरिएको छ । कोशी ब्यारेज पुलमा पानीको सतह बढ्ने क्रममा जारी भएकाले पुलबाट सवारी साधन आवत जावतमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए ।

पानीको बहाव बढेपछि ब्यारेजका ५६ ढोका खुला गरिएको छ । कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिनुका साथै रातो झण्डा देखाइयो छ । कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो ।

कमेन्टहरु