देश

देशभर कुन-कुन सडक पहिरोका कारण अवरुद्ध छन् ? (सूचीसहित)

नवलपुर टुडे
२०८१ अशोज १२ | मध्यान्ह ०१:०६ बजे

काठमाडौँ । भारी वर्षाका कारण देशभरका सबै जसो सडक अवरुद्ध भएका छन्। निरन्तर परेको भारी वर्षाका कारण आएको बाढी पहिरोका कारण सबै जसो सडक सवारी नचल्ने अवस्थामा पुगेको नेपाल प्रहरीले जनाएको छ।

दिउँसो १२ बजेसम्म ३७ वटा देशका प्रमुख सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन्। केही सीमित मात्रै सडक सुचारु अवस्थामा रहेको प्रहरीको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा जारी रहने बताइरहँदा बाढी पहिरोका कारण सडकहरु अवरुद्ध भएका हुन्।

काठमाडौँ उपत्यका भित्रनेसबै मुख्य सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरी जनाएको छ। कोशी प्रदेशमा पाँचवटा मुख्य सडक अवरुद्ध हुँदा बागमतिका २१ वटा सडकमा आवत जावत नै गर्न नसकिने भएको छ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सडक पनि अवरुद्ध भएका छन्।

यी हुन् अवरुद्ध भएका सडक

road 1road 2

कमेन्टहरु