नरहा गाउँपालिका आ.व.२०७८/७९ को ३० करोड ३ लाख ८६ हजार ८ सय५६ अनुमानित बजेट प्रस्तुत


विसुन देव सरदार
सिरहा । आज सिराहाको नरहा गाउँपालिकाको कार्यालयले पाँचौ गाउँ सभा २०७८ सम्पन्न गरेको छ। उक्त गाउँसभा नरहा गाउँपालिकाको आयोजनामा बर्छावा हेल्थ पोस्टमा राखिएको थियोे ।
यो सँगै सभाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशेश्वर यादव रहेका थियोे भने विशिष्ट अतिथि गुलाब चौधरी , प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले गरेका थिए।
आजको पाँचौ गाउँसभाबाट आर्थिक वर्ष २०७८/७९ को लागि कुल वार्षिक वजेट ३० करोड ३ लाख ८६ हजार ८ सय ५६ अनुमान गरिएको छ।
साथै नेपाल सरकारबाट स्थानीय तहलाई वित्तीय समानीकरण ९ करोड ७३लाख र समेत अनुदान १२ करोड ७३ लाख रहेको साथै नेपाल सरकारको स्थानीय तहलाई समपुरक अनुदान चालु ८० लाख रहनेछ।
राजस्व बाडफाड अनुदान ५ करोड ५१ लाख ६५ हजार अनुमानि गरिएको छ।
प्रदेश सरकारबाट ५६ लाख ९७ हजार प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँड अनुमानित १९ लाख २४ हजार ८सय ५६ ।
साथै प्रदेश सरकारबाट विशेष अनुदान ३० करोड र समपुरक अनुदान २० करोड गरी कुल ५० करोड समाबेश गरिएको हो ।
यो सँगै वडा नम्बर ५ का वडा अध्यक्ष हुकुम देव यादवका अनुसार पालिकाले राम्रो भन्दा राम्रो जोड दिइएको छ।जनताको ईच्छा र चाहना अनुकूल विकास गरेको हो । यो स्थानीय सरकार ५ वर्षको अवधिबाट ४ वर्ष पार पाँच वर्षमा प्रवेश गरिएको हो । यस पालिकामा जनतालाई कर्मचारी व्यतिथि नहुनेमा ढुक्क रहन आग्रह गरेका छन।
आजको नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात ,सडक प्रमुख ऐजेन्डामा रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले जिकिर गरेका थिए।
गाउँपालिकाले वातावरण एवंम शान्तिपूर्ण मैत्री रहेको साथै पालिका भित्र ढलान , सडक , विधुतीकरण लगायतका कामकाज विश्वास दिलाएको बारे बोलेका थए। ऐतिहासिक एवंम पौरात्तविक सम्पदाको विकास गर्ने पुराना बजारलाई क्रमशः विकास गरिदै जाने भनेका थिए।
सामाजिक क्षेत्रमा विकासको लहर जोड दिदै विकृति र विसंगतिलाई हटाउनेमा विश्वास गर्न भनेका थिए।























