कमला नदीबाट ४ जनालाई सकुशन उद्दार

जगत ठाडा मगर
२०७८ असार १७ | बिहान ०७:०३ बजे

बिनोद मण्डल
सिराहा । पुर्व पस्चिम राजमार्गको सिराहा धनुषाको बिचमा पर्ने कमला नदीको बहाव बढेपछि भंगालोबाट आज ४ जनाको सकुशल उदार गरिएको छ ।

नदीमा पानीको सतह बढेपछि नदीमा मानिस रहेको खवर स्थानिय मार्फत प्रशासनले थाह पाएपछि नेपाली सेना , शस्त्र प्रहरी , नेपाल प्रहरीको सहयोगमा सिरहाको जर्जनहा ३ सुन्दरपुरका ३ महिला र धनुषा जिल्लाका एक बाबालाई सकुशल उद्धार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले जानकारी दिनुभएको छ ।























