बाढी/पहिरो, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
असिनाबाट प्रभावित घरपरिवारलाई खाद्यान्न राहत बितरण


बाजुरा, असोज १०। बुढिनन्दा नगरपालिका वडा नम्बर ४ का असिना पानीबाट प्रभावित घरपरिवारलाई खाद्यान्न राहत बितरण गरिएको छ । बैशाख २५ गते आएको अबरिल वर्षा संगैको असिना पानीले स्थानीयको गहुँ,जौ,घर तथा फलफुल बालीमा क्षती गरेको थियो। पाकेको गहुँ ,जौ,घर तथा फलफूल खेतीमा गत बैशाख २५ गते असिना पानिले असर गरे पछि स्थानीय चिन्तिति बनेका थिए । प्रभावित स्थानीय किसानहरुलाई आज एक औपचारिक कार्यक्रमका बिच राहत बितरण गरिएको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले जानकारी दिनुभएको छ । असिना पानीबाट प्रभावित स्थानीय किसानहरुलाई थोरै भएता पनि राहत मिलोस् भन्ने उदश्येका साथ उक्त राहत बितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए । गएको बैशाख महिनामा परेको बेमौसमी वर्षा संगैको असिना पानीले ढाडाकोटका स्थानीयको बाली नालीमा ठुलो असर पुगेको थियो।
असिना पानीबाट प्रभावित भएका ढाडाकोटका करिब ११९ घरपरिवारलाई आज बिहिबार एक कार्यक्रमका बिच प्रती घर ५० केजीका दरले खाद्यान्न चामल बितरण गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्। त्यसबेला असिना पानीबाट प्रभावित भएका घरपरिवारलाई थौरै भए पनि राहत मिलोस् भन्ने उदेश्यले राहत बितरण गरिएको नगर प्रमुख बोहराले बताए । त्यस्तै असिना पानीबाट प्रभावित २४ वटा घर बनाउको लागी पचास हजारका दरले रकम दिइएको उनले बताए । पालिका भित्र रहेका सबै बिपद बाट प्रभावित बनेका परिवारलाई सधै पालिकाले सक्दो सहयोग गरिरहेको उनले बताए । बाजुराका स्थानीयको गरि खाने पेशा भनेकै कृषि हो,बाजुराका सबै स्थानीय कृषि पेशामा लागेका छन्,विभिन्न समयमा बिपतले गर्दा स्थानीयको गरिखाने पेशामा समेत असर पुर्याएको हुन्छ,त्यस असरबाट प्रभावित भएका स्थानीय किसानलाई सक्दो सहयोग गर्नु हामी सबैको दायित्व हो,नगर प्रमुख बोहराले बताए ।
असिना पानीबाट प्रभावित भएका स्थानीयले केही समय ढिला भए पनि राहत पाँउदा खुसि भएका छन् । पाकेको गहुँ,जौ तथा अन्य फलफुल खेती र घरमा असिनाले पानीले ठुलो क्षती गरेको थियो । बर्खाभरी मिहिनेत गरेर लगाएको अन्नबाली असिनाले बगाउँदा त्यहाँका स्थानीय चिन्तित थिए भने असिना पानीले बस्ने घरहरुमा समेत क्षती पुर्याउदा प्रभावित घरपरिवार चिन्तित थिए । चिन्नित रहेका स्थानीयहरुले केहि समय ढिला भए पनि थोरै राहत पाउँदा खुसी भएका हुन् । बेमौषमी बर्षा संगैको असिना पानीले बाजुराका बिभिन्न ठाउँमा बर्षेनी ठुलो असर गर्दै आएको छ । कतिपय ठाउँका प्रभावित परिवारहरुले पालिकाको सहयोगबाट राहत पाउँने गरेका छन् भने कतिपय ठाउँका प्रभावित स्थानीयहरु राहतबाट बञ्चित हुने गरेका छन् । बाजुरामा बर्षेनी असिना पानीले गहुँ,जौ,मकै फलफुल लगायतका बालीनालीमा असर पुर्याउदै आएको हुन्छ भने कतिपयका घरहरुमा पनि असिना पानीले असर गर्दै आईरहेको छ । जेठ बैशाखको महिनामा असिना पानी अत्याधिक पर्ने हुँदा बाजुराबासी सधै मारमा परेका हुन्छन् ।























