घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा चट्याङ्ग लागेर एक महिला घाइते ५ पशु चौपाया मृत्यु

उमेश रोकाया
२०८१ अशोज ९ | बिहान १०:०६ बजे

बाजुरा, असोज ०८। बाजुरा जिलाको गौमुल गाउँपालिका वडा नम्बर ४ मा चट्याङ्ग लागेर एक महिला घाइते भएकी छन् । भने ४ बाख्रा सहीत १ गोरु मरेको छ । गएराती १२ बजे चट्याङ्ग लागेर सोही वडाको कौडाकोटस्थित सयलीकी ४० वर्षीया साउनी रोकाया चट्याङ्ग लागेर घाइते भएकी हुन् । उनका ४ बाख्रा र वडा सदस्य समेत रहेका मंगल धामीको १ गोरु मरेका गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

घाइते महिलाको खुट्टामा चोट लागेको र उपचारका लागि घट्मुना अस्पताल ल्याउँने तयारी भईरहेको वडा सदस्य मंगल धामीले बताएका छन् । घटना भएको खबर पाउँने वित्तिकै ईलाका प्रहरी चौकी गौमुलबाट प्रहरीको टोली त्यसतर्फ खटी क्षतिको एकीन विवरण सहीत मुचुल्का तयारी गरिसकेको उपाध्यक्ष थापाले बताएकी छन् । 

कमेन्टहरु