देश

पश्चिम नवलपरासीको विभिन्न स्थानमा दुवानको कारण बस्ती उठिबास

जगत ठाडा मगर
२०७८ असार १६ | मध्यान्ह ०७:०३ बजे

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ को बस्तीमा अविरल वर्षाका कारण बाढीले करिब २२ घरमा पूर्णतया क्षति पुर्याएको छ भने २२ घर उच्च जोखिममा रहेको छ ।

photo 2021 06 30 19 07 01

लाखौंको क्षति हुनेगरी आएको बाढीले भौतिक संरचनामा क्षति गरेतापनि मानविय क्षति भने भएको छैन । उक्त क्षेत्रका स्थानियलाई तत्काल सावाधानी रहन नगरपालिकाले आह्वान गरेको छ ।

photo 2021 06 30 19 07 04

बाढी आउने सम्भावनाका कारण उक्त बस्तीका मानिसलाई तत्काल खाना र बाँसको व्यवस्था उत्तपेस्वर शिवालय मन्दिर परिसरमा बर्दघाट नगरपालिकाको सहयोगमा स्मृति टोल विकास संस्था, चौतारी युवा प्रतिष्ठान, रेडक्रस, आमा समुह लगायतका संस्थामार्फत खाने बस्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

photo 2021 06 30 19 07 00

कमेन्टहरु