राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना कारागार चलान


सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन युवा जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेको छ । राउटे युवतीलाई यौन दुर्व्यहार गर्ने गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने सुर्खेत जिल्ला अदालतले फैसला गरेको हो ।
अदालतका न्यायाधीश डिलप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलानको आदेश दिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ ।
राउटे समुदायका १९ र २३ वर्षीया युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यहार गरेपछि घर्ती, बुढा र होटल सञ्चालक पुनविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
ती युवतीमाथिको दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।























