देश

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रतिवद्धता : मूल्यको राजनीति छाडिन्न

जगत ठाडा मगर
२०७८ असार १६ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो ।

जवाफमा नेपालले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए । लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए ।

यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाए ।

कमेन्टहरु