मनोरन्जन

पत्रकार तथा गीतकार विपुलको गीत ‘बोल मन खोल’ सार्वजनिक

नवलपुर टुडे
२०८१ अशोज ७ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । पत्रकार तथा गीतकार विपुल पोखरेलको गीत सार्वजनिक भएको छ । ‘बोल मन खोल’ बोलको गीतमा विपुलको शब्दरचना छ ।नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन् । जीवन, जगत र मानवीय दर्शन झल्किने गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । 

पोखरेलले यसअघि आधा दर्जन गीत लेखिसकेका छन् । गीतमा भिडियो संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका छन् ।  “म व्यावसायिक गीतकार होइन । फुर्सदको समयमा गीत लेख्छु,” उनी भन्छन्, “यो मेरो रहर पनि होला । नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसावले पनि गीत लेख्दै आएको छु ।” 

 

 

 

 

कमेन्टहरु