देश

आईजीपी कुँवर इन्टरपोलको महासभामा भाग लिन ग्रिस प्रस्थान

नवलपुर टुडे
२०८१ अशोज ७ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन ग्रिसतर्फ प्रस्थान गरेका छन् । लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर सोमबार बिहान ग्रिस प्रस्थान गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कुँवर बिहान करिब साढे नौ बजेतिर ग्रिसतर्फ प्रस्थान गरेका हुन् । उनी असोज १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । पाँच दिनसम्म चल्ने कार्यशालामा उनी सहभागी हुने छन् ।

कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।
 

कमेन्टहरु