“माहोल”को पहिलो र दोश्रो भागको छायांकन बर्दघाटमा सम्पन्न


नवलपरासी, असोज ६ । लेखन/निर्देशक भुपेन्द्र चौधरीले गरेका “माहोल” टेलिसिरियलको पहिलो र दोश्रो भागको छायांकन सकिएको छ । पहिलो र दोश्रो भागको छायांकन बर्दघाट नगरपालिका- २ सुखौली नवलपरासीमा सम्पन्न गरिएको हो ।
पहिलो भागको लेखन निदेशक भुपेन्द्र चौधरीको रहेको छ भने, दोश्रो भागको लेखन दिर्घनाथ गौतमको रहेको छ । सो भागमा बिन्दु सिंहले सह निर्देशक गरेका छन । “माहोल” नेपाली समाजमा घटेका समसायहिक घटनामा आधारित टेलिसिरियल हो ।
यस “माहोल” को छायांकन सम्पादन भुपेन्द्र चौधरीले गर्नुभएको छ । यसको प्रोडक्सन द कन्टेन नेपाल रहेको छ । निर्माता द कन्टेन नेपाल टिमले गरेका हुन । बजार ब्यबस्थापन भने अमर श्रीसले गरेका छन । त्यसैगरी श्रंगार उषा चौधरीले गरेका छन ।

सिरियलमा कलाकारहरु बिन्दु सिंह, भिम बहादुर हिस्की मगर, सावित्री बुढाथोकी, सीता देवी रेग्मी, जेविक तिवारी, दिर्घनाथ गौतम, अशोक परियार, ज्योती चौधरी, नारायण भण्डारी, झबिलाल ढकाल, रिता सापकोटा, ईसा भण्डारी, सुप्रीया न्यौपाने, मिलन गैरे, दिलिप सुनार, हुम बहादुर गुरुङ, ओम भण्डारी, अमर श्रीस, सिद्धार्थ चौधरी र अविशेक सेनको अभिनय गरेका छन ।






















