पुनर्निर्माण प्राधिकरणका सब इन्जिनियर ३० हजार रुपैयाँ घुससहित पक्राउ

जगत ठाडा मगर
२०७८ असार १६ | मध्यान्ह ०५:०३ बजे

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब-इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
सिद्धिचरण नगरपालिका वडा नम्बर एकमा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको काफ्लेले बताउनुभयो ।























