मुसहर बस्ती पक्का घरमा परिणत हुँदै


बिनोद मण्डल
सिरहा । सिराहा साविक गाउँविकास समिति विष्णुपुरकटी हाल धनगढीमाई १२ मुसहरी अर्थात् खोरिया बस्तीमा हाल ३२ घर मुसहर रहेका छन् ।

गत वर्ष तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ८ ओटा पक्की घर निर्माण भएर यसपटक पुन ८ ओटा पक्की घर निर्माण कार्यक्रम अगाडि बढाएको वडा अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

आधुनिक किसिमले बनाउन लागिएको उक्त घर प्रती परिवारमा पुग्ने गरी २ कोठा ,किचेन , ट्वाइलेट र बरण्डासहित बनाउन लागिएको घर कुल ५० लाख लागतमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत स्थानिय धनगढीमाई नगरपालिकाको साझेदारीमा बनाउन लागिएको हो ।

विगतमा छाप्रोमुनी जिउन विवस दलित मुसहर बस्तिमा वडा अध्यक्ष राजु श्रेष्ठले ध्यान दिएपछि अनुहार फेरिएको हो । खानेपानी लगायतका दैनिक जीवनसँग सम्बन्धित आवयक वस्तुको यस अघिनै व्यवस्थापन वडा अध्यक्षले गरेकोमा स्थानिय खुशी भएका छन् । बाटो बिजुली र खानेपानी लगायतका दैनिक जीवनसँग सम्बन्धित विषयलाई बढी ध्यान दिने श्रेष्ठको काम प्रसंसनीय रहेको छ ।

























