हतियारसहित पक्राउ परेका युवकलाई बिना कारबाही छोडेपछि स्थानीय आक्रोशित


परासी । पश्चिम नवलपरासीमा हतियारसहित पक्राउ परेका ब्यक्तिलाई प्रहरीले कुनै कारबाही नगरी छोडेको आरोपमा स्थानीय आक्रोशित बनेका छन । गएराति दुई पक्ष विच झडप हुदा पक्राउ परेका युवकलाई बिना कारबाही तत्काल रिहा गरेपछि महेशपुर – परासी सडक खण्ड अन्तरगत परसिया सडक स्थानिय आक्रोशित बनी अबरुद्ध गरेको हो । झडपको समयमा महेशपुर परासी सडक खण्ड इलाका प्रहरी कार्यालय महेशपुरबाट चोकमा प्रहरी ड्युटीमा खटाउँदै आएको हो तर मंगलबार राति प्रहरी जवान गौतम यादवलाई ड्युटीमा खटाएको थियो ।

ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक फल बहादुर तामाङ्गको सरुवा थियो तामाङको सरुवासंगै ईलाका प्रहरी कार्यालय महेशपुरमा गंगादत्त बाडु आएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कैलाली अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट आएका हुन्।
तर उहाँको सफलता हेर्नुभयो भने गंगादत्त बाडु आउने बित्तिकै तस्करी-चोरी र झैँ झगडाहरू घटनाहरू घट्नु सट्टा झन् बढ्दै गइरहेका स्थानीयले बताए । टोलहरूमा होहल्ला गर्ने,चोरी- तस्करी झैँ झगडाका घटना हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो ।
स्थानीयले समयमै सुचना दिएका थिए । तर डियुटीमा रहेका प्रहरी जवानले जवाफ दिँदै भने त्यस्तो झगडामा जान्न हुन्न, झगडा गर्न देउ भन्ने जबाफ दिएको गुनासो पोखे । त्यति मात्रै सुन्दै स्थानीय युवा त्यहाँबाट हिँडे । झगडा झन् बढ्दै गएपछि इलाका प्रहरी कार्यालयका महेशपुर इन्चार्ज गंगादत्त बाडुलाई फोन गरेर अमानीगञ्ज र महेशपुरको सिमाना पुलको बीचमा दुई पक्ष झगडा भएको सुचना दिएपछि बल्ल प्रहरी आएर झगडा शान्त भएको बताए ।
महेशपुरका इन्चार्ज गंगादत्त बाडुले शान्ति, सुरक्षा र अपराध नियन्त्रण गर्ने आएका हुन् । तर, महिना दिन नबित्दै बाडुको कार्यकालमा हिन्दु र क्रिश्चियन बीच विवाद र दुई गुट बीच झडप भएको हो । त्यस्तै जिल्लाको पाल्हिनन्दन गाउँपालिका- ३ पालिका भन्दा एक किलोमिटरको दुरीमा एक युवकले परसिया गाउँमा हतियार लिएर गाउँका स्थानीयलाई डर त्रास र धम्की दिएर आतंक मच्चाएको स्थानीयहरूले बताए ।
इलाका प्रहरी आमानीगञ्जका इन्चार्जले राति ९ बजेको समयमा हतियार बोकेको युवकलाई नियन्त्रणमा लिएको स्थानीयहरू बताउँछन् । तर, राति नै हतियार बोकेको युवकलाई छोडेपछि महेशपुर परासी सडकखण्ड परसिया सडक केही घण्टा बन्द गरेको स्थानीय सुरज गुप्ताले बताए ।
त्यस्तै मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने काम नेपाली नागरिकको हो तर त्यसबाहेक मुलुकको सीमा सुरक्षा, चेलिबेटी बेचबिखन, रोकथाम, चोरी, तस्करी लागूपदार्थको कारोबारको रोकथामलगायतका कार्यहरू गर्ने दायित्व नेपाल प्रहरी रहेको छ ।
प्रहरीको मूल कार्य शान्ति सुरक्षाका लागि कार्य गर्ने हो । त्यसबाहेक विविध समस्या जनहितका पक्षमा लाग्ने हो । नागरिकका लागि सर्वत्र हामी सुरक्षित रहने भन्ने वातावरणको सिर्जना गर्नुपर्छ । मुलुकभरका टोलटोलमा नागरिकका लागि सुरक्षार्थ गस्ती गरी हामी सुरक्षित छौं, कुनै चिन्ता छैन भन्ने प्रत्याभूति आमनागरिकमा गराउने कार्य प्रहरीबाट भएको छ भने पश्चिम नवलपरासीको महेशपुरमा देखिएन ।
गाउँ टोलहरूमा होहल्ला गर्ने, तस्करी,चोरी झगडा, लुटपाटका घटना हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो । हरेक विकासका लागि पहिलो सर्त भनेकै शान्ति सुरक्षा हुन आउँछ । आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक विकासमा पहिलो सर्त शान्ति सुरक्षा नै हो ।























