देश

तोकिएको भन्दा बढी भाडा असुल्ने ८ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ

जगत ठाडा मगर
२०७८ असार १६ | मध्यान्ह ०१:०३ बजे

काठमाडौ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ८ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

काठमाडौं बाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । यस्तै कोटेश्वर र चावहिलबाट पनि १–१ जना पक्राउ परेका छन् ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पश्चातको यो अवधिमा उपत्यका बाहिर जाने यात्रुहरूसँग तोकिएको भन्दा आठ गुणासम्म बढी भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिसकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कमेन्टहरु