सुदूरपश्चिममा प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरु वृद्धि

जगत ठाडा मगर
२०७८ असार १६ | मध्यान्ह ०१:०३ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरु वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जनाएको छ।
इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख संयोजक खडक राज जोशीले ६ महिनाको अवधिमा प्रदेशका २६२ वटा मानव अधिकार उल्लङ्घनका घटना (इन्सेक)मा दर्ता भएको र यी घटनाहरू मध्ये सबै भन्दा बढी महिला हिंसाका घटनाहरू रहेको बताए ।
‘बालअधिकार, हत्या र घाइतेको अङ्ग भङ्ग भएका घटनाहरूको सङ्ख्या बढ्न सक्छ’ जोशीले भने, ‘हत्या हिंसाका कम गर्नका लागि समाजमा जनचेतना फैलाउनुपर्छ। यसरी बाहिर आएका घटनाहरूमा कानुनी कारबाही गर्नुपर्छ।’























