एसपी ओम रानाको बाँकेमा एक वर्ष : कास्की पछि बाँकेमा नयाँ रेकर्ड कायम राख्दै, फरार ६०२ अभियुक्त पक्राउ


नेपालगञ्ज । नेपाल प्रहरीमा अलग पहिचान दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षामा नयाँ रेकर्ड राख्न सफल देखिएका छन् ।
कास्की प्रहरीको सफल कमाण्ड समालेसगैँ मेट्रो हुँदै बाँके जिल्लाको सुरक्षा कमाण्ड सम्हालेका एसपी रानाले एक वर्षमा हासिल गरेका उपलब्धीले नै उनले नयाँ रेर्कड राखेको पृष्टि भएको छ । उनले कास्कीमा राखेको रेकर्ड बाँके झन नयाँ रेर्कड राखेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एसपी रानाले बाँकेको कमाण्ड सम्हालेपछि विभिन्न आपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ६०२ जना अभियुक्तहरुलाई पक्राउ गरिएको, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कुल ७२५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दि गर्ने) ११३५ जनालाई पक्राउ गरी कानून बमोजिम कारबाही गरिएको, सडक दुर्घटना रोकथाम तथा अन्य न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध अभियान, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निष्तेज महाअभियान चलाईएको, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भएको, राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको छ ।
आपराधिक गतिविधि नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल शुरु गरेको जनाउँदै एसपी रानाले अहिले सरुवा भएर जाने बेलामा आफ्नो कार्यकाल सफल भएको अनुभूति भएको बताए ।
उनले गत एक वर्षमा बाँकेमा मोस्ट वान्टेड सूचीमा रहेका अपराधी सहित अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समयदेखि फरार रहेका ८५ जना गरी कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपियाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज गरिएको बताए ।
अपहरण गरेर हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्टिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाईएको एसपी रानाले बताउनुभयो ।यसैगरि गत एक वर्षको अवधीमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई रिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको थियो ।
भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको र वन्यजन्तु तस्करी पनि बृद्धि भएको अवस्था रहेकोले सो बारेमा विशेष अभियान सञ्चालन गरेर ५६८ ग्रामभन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलोभन्दा बढी चरेस, ६८ किलोभन्दा बढी गाजा र ३६ लिटरभन्दा बढी कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको एसपी रानाले बताए ।
यस्तै कोरोना व्यवस्थापनमा एक वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिंग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाईएको, जिल्लाका ८१ वटा वडामा खोई मास्क अभियान सञ्चालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको छ ।सोही प्रकारले गुण्डागर्दी गर्ने १६ जनालाई कारवाही गरिएको, रातको समयमा हो हल्ला गरि हिड्ने ४४५ जनालाई कारवाही गरेर शान्त पारिएको तथा चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलाश गरी सम्बन्धित व्यक्तिलाई बुझाईएको पनि जिल्ला प्रहरी कार्यालयको रेकर्डमा छ ।
सोही अवधीमा ४३ जनाको भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको छ ।
जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउन पनि एसपी रानाले उल्लेख्य कार्य गर्नु भएको जिप्रका बाँकेले जनाएको छ ।गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी रानाले पत्रकार भेटघाटमार्फत मुख्य १७ बुँदे कार्ययोजना बनाई प्रस्तुत गरेका थिए । एसपी रानाको बाँकेबाट भैरहवामा सरुवा भएको छ ।






















