देश

वर्षाले बन्दै गरेको पुल भत्कियो

जगत ठाडा मगर
२०७८ असार १६ | बिहान १०:०३ बजे

बिनोद मण्डल
सिरहा । निर्माणमा गुणस्तरीयता नभएपछि आपतको सिर्जना हुनु कुनै नौलो विषय होइन । जनप्रतिनिधि र स्थानिय सरकार भ्रष्ट भएपछि विकासका कामहरू कमसल भई अधुरो हुने अवस्थाको सिर्जना हुने गरेको नेपालको अवस्था छ ।

करिब २ वर्षदेखि बन्दै गरेको सर्लाही जिल्लाको लालबन्दी ३ जब्दी भैरवपुर देखि इशरपुर नगरपालिकाको रामपुर जोड्ने पुल रातिको समयमा भएको वर्षाको कारण स्थानिय खोलामा आएको बाढीले गर्दा निर्माणाधीन अवस्थाका पुल भत्किएको छ ।

पुल निर्माण जिम्मा लिएका ठेकेदार , कम्पनी, इन्जिनियर ,सबैले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कमेन्टहरु