देश

रौतहटको कटहरियामा दुई कोठे भवन निर्माणमा रोक

जगत ठाडा मगर
२०७८ असार १६ | बिहान ०७:०३ बजे

रबिन्द्र प्रजापति,
रौतहट । रौतहटको कटहरिया नगरपालिका-५ मा रहेको श्री धनलक्ष्मी प्राथमिक बिद्यालयको भवन निर्माण कार्यमा स्थानीय अभिभावकहरूले रोका लगाएका छन् । कटहरिया नगरपालिकाको कूल १६ लाखको लगानीमा निर्माण भइरहेको दुई कोठे भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै अभिभावकहरूले निर्माण कार्यमा अवरुद्ध गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति विहीन उक्त विद्यालयमा भवन निर्माण गर्दा अभिभावक तथा जनप्रतिनिधि सम्मिलित निर्माण समिति गठन गरेर भवन निर्माण गर्नुपर्ने थियो । तर, प्रधानाध्यापक राकेश साहले एक जना स्थानीयको सल्लाहमा मनपरी गर्न लागेको अभिभावकहरूले आरोप लगाएका छन् ।

भवन निर्माणमा दुई नम्बर इँटको प्रयोग भएको र योजनाबारे कुनै किसिमको बोर्ड सूचना नराखेकाले अनियमितता हुने संकेत देखेर आफूहरूले निर्माण कार्य रोक्का गरेको स्थानीय अभिभावक दिनानाथ साह कलवारले बताए । ‘दुई कोठे भवन निर्माण गर्दा बढीमा सात लाख रुपैयाँ खर्च हुन्छ । कसरी १६ लाखको योजना भयो ? यो सब आर्थिक चलखेल गर्नका लागि हो’, कलवारले भने ।

स्थानीयले सो निर्माण कार्यको बैंक स्टेटमेन्ट समेत सार्वजनिक गर्न माग राखेका छन्

कमेन्टहरु