देश

भ्रष्ट वडा अध्यक्ष बिरुद्ध छानबिन सुरू, कालोमोसो दलिएका पत्रकार संरक्षणमा जुटे

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह १०:०३ बजे

पर्सा, १५ असार । पर्सा जिल्लामा अहिले जल्दोबल्दो बिषय रहेको कालिकामाइ गाउपालिका भ्रष्टाचार प्रकरणमा वडा अध्यक्ष बचाउ अभियानमा कालोमोसो दलिएका पत्रकार सक्रिय रहेको बारे पुष्टि समेत भएको छ ।

तत्काल तेश्रो मधेस आन्दोलनमा मधेसीलाई अपमानित हुने खालको समाजिक सन्जालमा स्ट्याटस लेखेको आरोपमा महासघ पर्साको अध्यक्ष अनुप तिवारीलाइ एक होटेलमा मदिरा सेवन गरि रहेको अवस्थामा कालोमोसो दलिएका थिए । अहिले यी नै अध्यक्ष तिवारीले आफ्नो दाइको भ्रष्टाचार लुकाउन पत्रकार महासघको पदको दुरुपयोग गर्दै भ्रष्टाचारीलाइ बचाउ अभियान नै चलाएको तथ्यहरू सार्वजनिक भएको हो ।

पर्साको कालिकामाइ गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारीको भ्रष्टाचार बारे बिगत केही अनलाइनमा समाचार सम्प्रेषण हुनसाथ कालोमोसो दलिएका पत्रकार तिवारी उनलाइ बचाउ अभियानमा लागेको बिषयमा केही पोस्टले उजागर पारेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष समेत रहेका भएका तिवारीले भ्रष्टाचार वडा अध्यक्ष पवन तिवारीको भ्रष्टाचारलाई ढाकछोप गर्नको निम्ति केही आफ्नो आसेपासेका बिचौलिया पत्रकारलाइ समेत परिचालन गरेका छन ।

अध्यक्ष तिवारी जीवन भरी मदिराको लागि आफ्नो इमान र धर्म समेत परिवर्तन गरि आफ्नो पेशालाइ बदनाम गर्दै आएको बारे छर्लङ्ग भएको छ ।

कालिकामाइ गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारीले बिगत ३ बर्षमा पटक पटक भ्रष्टाचार गरेको बारे विभिन्न सन्चार माध्यममा आइरहेपनी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्षले पटक पटक खन्डन गर्दै आएका छन ।

अध्यक्ष तिवारीले चालूआर्थिक बर्षमै ग्यास, चुल्ला बितरणमा लाखौ रुपैया भ्रष्टाचार गरेका छ । ५ हजारमा पर्ने ग्यास सिलिन्डर, चुल्ला र रेगुलेटरको ७ हजार ८ सयमा खरिद गरि गाउपालिका प्रमुखको मिलोमतोमा लाखौ रुपैया भ्रष्टाचार गरेको खुलासा भएको छ । आफ्नो पेशा प्रती इमान्दार हुनु पर्ने महासंघका अध्यक्षले आफ्नो पदको दुरुपयोग गर्दै रक्सीको लोभमा अर्को सन्चार माध्यममा आएको समाचार खन्डन गर्दै सेयर समेत गरेर गाउपालिकाको भ्रष्टाचारी गतिबिधिलाइ ढाकछोप गर्नमा लागेका छ्न ।

कमेन्टहरु