देश

काेराेना भाईरस सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०९:०३ बजे

सुरेश यादव
नवलपरासी/आषाढ १५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ कुर्थावलमा आज काेराेना भाईरस सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गुराँस किशोरी समुहको आयाेजना तथा एबिसि नेपाल स्ट्राेम फाउन्डेसनको आर्थिक सहयोगमा काेराेना भाईरस सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे । गुरास किशोरी समुहकि अध्यक्ष पुष्पा यादवकाे अध्यक्षता तथा समाजसेवी बुद्धिजीवी नागेन्द्र हरिजनकाे प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रशिक्षण गर्दै प्रशिक्षक महेश यादवले काेराेना भाईरस बाट वचन लाई मास्क , सेनिटाईजर र सामाजिक दुरि कायम गर्न अति आवश्यक भएको बताउदै पाेसिलाे र ताजा खानेकुरा खान तथा डाक्टरकाे सल्लाह सुझाव अनुसारकाे सावधानी अपनाउन बताउनुभएको थियो । साथै नेपाल सरकारले जारि गरेको स्वस्थ्य मापदण्डकाे पालना गर्न र भिडभाडमा नजान लगाएका काेराेना भाईरसबाट सतर्कता अपनाउनु पर्ने बताएका थिए ।

साे अवसरमा प्रमुख अतिथि हरिजनले काेराेना बाट वचन र अरुलाई बचाउन घरमै बस्न तथा अति आवश्यक काम बाहेक बाहिर नजान आग्रह गर्नुभएको थियो ।

एनिमेटर ललिता यादवकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा किशान संवाद केन्द्रका एस एसटि सदस्य राजकुमारि चाैधरी , समाजसेवी रत्तन हरिजन ,भाेला हरिजन ,दिपा गुप्ता लगाएको अतिथिहरुकाे सहभागीता रहेको थियोे । कार्यक्रम सञ्चालन एविसि नेपालका भाेलेन्टिएर जानकि गाैडले गर्नुभएकाे थियोे ।

कमेन्टहरु