देश

कृष्णनगर नगरपालिकाले मनायो १८ औं राष्ट्रीय धान दिवस

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०७:०३ बजे

धनी राम कोरी
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १८ औं राष्ट्रीय धान दिवस मनाएको छ । कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्री गणेश बहुउद्देशीय कृषक समुहको सहयोगमा धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्म निर्भता र समृद्धि नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कार्यक्रमको उद्धघाटन गर्नुभयो । प्रमुख अतिथि, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की,कृष्णनगर नगरपालिकामा कृषि शाखा प्रमुख चन्द्र राम चौधरी, वडाध्यक्षहरू, कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ ।

रोपाई पश्चात दही च्यूरा खाएर धान दिवस मनाएको छ । कार्यक्रम संचालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिप कुमार मोर्यले गर्नुभयो । प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ ।

photo 2021 06 29 19 45 18

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

कमेन्टहरु