सिराहामा सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०७:०३ बजे

काठमाडौँ । सिरहाको बरियारपट्टि गाउँपालिका ३ धानखेत ईलाकाबाट सशस्त्र प्रहरीले लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको टोलीले मंगलबार लागुऔषध डाईलेक्स डिसी ९४ बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ लागूऔषध ल्याउने व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए।
उक्त झोला जाँच गर्दा डाईलेक्स डिसी ९४ बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा फेला परेको प्रहरीले जनाएको छ ।






















