देश

भारतबाट कार चोरी गरेर नेपालमा बिक्री गर्ने गिरोह पक्राउ

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गिरोह पक्राउ परेको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुक समेत बनाएको भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो ।

प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने गोप्य राखिएको छ ।

कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेन गोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । उनी भन्छन्, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’

कमेन्टहरु