आरआर क्याम्पसमा बि.ए.तहको नेपालभाषामा भर्ना खुल्यो


काठमाडौं । त्रि.वि.अन्तरगर्त बि.ए तहको प्रथम बर्षमा भर्ना खुलेको छ । काठमाडौंको प्रदर्शनसनी मार्गमा अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस, बागबजारमा अवस्थित पद्यम कन्या क्याम्पस, ललितपुरकाे पाटन संयुक्त क्याम्पसमा गत श्रावण २८ गतेदेखि भर्ना खुलेको हो ।
नेपालभाषा अभियान्ताहरुको अर्थक मिहिनत पश्चात रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं.२०७४ सालमा नेपालभाषा विषयमा कक्षा सञ्चालन गर्न सफल हुनुका साथै काठमाडाैं जिल्लामा पनि वि.सं. २०७८ सालदेखि एम. ए. तहको नेपालभाषा कक्षा सञ्चालन जारी रहेको छ ।
बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८१।०८२ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना खुलेका अवगत गराउँदै नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै उज्वल भविष्य रहेकाले समयमै भर्ना हुन नेवाः विद्यार्थी युनियनका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता रिदेन महर्जनले अनुरोध गरेका छन् ।
बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई कामकाजी भाषाकाे रुपमा सञ्चालनमा ल्याउने विध्ययक पारित पश्चात अध्ययन तहमा विद्यार्थीहरुलाई राेजगारीकाे सुवर्ण अवसरले घच्घच्याइरहेकाले अाफ्नाे उच्च शिक्षा हासिल गर्ने सुवर्ण अवर समयमै सुरक्षित गर्नुहुन सुकुन्दा साहित्य पालाका अध्यक्ष एवम् नेपालभाषा अभियान्ता प्रशान्त डंगाेलले पनि अनुराेध गरेका छन् ।
बिए. ए तहको विभिन्न बिषय अन्तर्गत भाषा समूहमा नेपाल भाषा अध्ययन गर्न रत्न राज्य क्याम्पसका शिक्षक एवम् पद्यम क्याम्पसका सह-प्रध्यापक मदनसेन बज्रार्चायले अनुरोध गरेका छन् । जस अन्तर्गत नेपालभाषा, लिपि, साहित्य, संस्कृति, संस्कृति आदि ज्ञान प्राप्त गर्न सकिने उनले जनाए ।
भर्ना सम्बन्धी सुचना तल जानकारी गराएको छः























