देश

बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड – १९ को निःशुल्क उपचार

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०१:०३ बजे

काठमाडौ । बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ।

सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निः शुल्क उपचार हुने भएको हो।

यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाको र आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने जनाएको छ।

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ। सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।

सामान्य संक्रमितको उपचार गरेबापत ३ हजार ५००, अक्सिजनसहितका संक्रमितको ७ हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो।

कमेन्टहरु