देश

संविधान र कानुनले महिलालाई दिएका अधिकारको कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल

नवलपुर टुडे
२०८१ भदौ १८ | मध्यान्ह ०७:०५ बजे
राष्ट्रपति कार्यालयमा आयोजित तिज विशेष कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल (बिचमा) पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी (बायाँ) । तस्बिर: राष्ट्रपति कार्यालय

काठमाडौँ, भदौ १८। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलालाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताउनुभएको छ। 

प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा  मंगलबार आयोजना गरेको हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै गएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ। महिलाको अवस्था अब यस्तो छैन भन्ने मलाई लाग्दछ। नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ। महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदैछ। तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ।’’

457840592 2466465966885236 6595184737006707641 nउहाँले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसद, विभिन्न ओहोदामा रहनुभएको उच्च पदस्थ महिला अधिकारीको उपस्थिति थियो। 

456675892 545081131194174 8795013575670557316 n

कमेन्टहरु