मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
स्वास्थ्य र विद्यालयमा अनुगमन प्रभावकारी


बाजुरा, भदौ १८। जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य र विद्यालय क्षेत्रलाई गुणस्तर बनाउने अनुगमन प्रभावकारी बन्दै गएको छ। पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। स्थानीय जनताले कार्यालयबाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ।
विद्यालय र स्वास्थ संस्थामा स्थलगत रूपमा गाउँपालिका कर्मचारी भदौ ९ गतेदेखि निरन्तर अभियानमा जुटेका हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। पालिकाका भित्रका शैक्षिकको पढाई गुणस्तर स्कुलमा विद्यार्थी पठनपाठन अबस्था शिक्षक कर्मचारी हाजिरी कस्तो किसिमको रहेकोे छ। विद्यालय भौतिक पुर्वाधार संगै त्यहाँका अवस्था बारेमा चेकजाँच गर्नका निम्ति सबै बिधालय शिक्षा सुधार पक्षमा अगाडी लैजान स्कुलमा अनुगमन कार्य अहिलेसम्म निरन्तरता गरिरहेका शिक्षा शाखा कम्प्युटर अपरेटर कर्ण बहादुर रावलले बताए।
विद्यालयको वार्षिक परिक्षा नतिजाको परिमाण लाई विश्लेषण गर्दा सुधार गर्न धेरै जरुरी रहेकोे हुँदा शैक्षिकसत्र सुरु लगत्तै हामी सिङ्गो गाउँपालिका स्कुलमा पटकपटक अनुगमन कार्य निरन्तर गरिरहेका छौँ। जसले गर्दा शिक्षा क्षेत्रलाई हामी अहिले अवस्था सुधार गर्न विद्यार्थीहरुको पढाई गुणस्तरीय प्रदान गराउन नयाँ ढंगबाट अगाडि बढाउन विशेषगरी हाम्रो पालिका राम्रो पालिका निर्माणकार्य सुरु गर्ने अभियान लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जनाएका छन।
जनता संग प्रत्यक्ष रूपमा जोडिएको दैनिक दिनमा सेवामा प्रवाह हुनका लागि स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी कतिको कार्यालय खटिएर जनताले पाउने सेवा सुबिधा निरन्तर पाएका छन। गाउँका स्थानीयले स्वास्थ उपचार पाउनुपर्ने खासै पाएका छन कि छैन यसलाई राम्रो बनाउन प्रत्येक स्वास्थ्य क्षेत्रमा अभियान जुटिरहेको बताए।
पालिकामा २ वटा स्वास्थ्य चौकी र ११ वटा स्वास्थ्य सेवा केन्द्र रहेका छन। त्यसमा गाउँपालिकाले स्वास्थ्यकर्मी खटाएको अनुसार गुणस्तरीय सेवा प्रवाह कस्तो किसिमको भएको बुझ्न स्थलगत अनुगमन गर्न काम भैरहेको छ। राज्यबाट पाउने सेवा सुबिधा कतिको जनता महसुस भएको छ। यसलाई अझै सेवा गुणस्तर प्रदान गराउन सबै स्वास्थ्य कार्यालय कर्मचारी हाजिर उक्त ठाउँबाट हुने कामकाज प्रभावकारी गर्न लागिपरेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए।
हिमाली गाउँपालिका अन्तर्गत वडा नम्बर ४ देखि ७ सम्म विद्यालय र स्वास्थ संस्थामा कर्मचारी उपस्थिति अवस्था कार्यालय व्यवस्थापन जिन्सी व्यवस्था अबस्था र विद्यालय दिवा खाजा व्यवस्थापन अवस्था स्थलगत अनुगमन गर्न स्वास्थ्य शाखा प्रमुखको प्रेमकला मल्ल प्रशासन शाखा देवराज संजाल, शिक्षा शाखा कम्प्युटर अपरेटर कर्ण बहादुर रावल गोदाम व्यवस्थापन मदन थापा सहित टोलि सहित विद्यालय र स्वास्थ्य संस्थामा स्थलगत अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।























