देश

आज दही चिउरा खाँदै : अठारौं राष्ट्रिय धान दिवस मनाउँदै

जगत ठाडा मगर
२०७८ असार १५ | बिहान ०९:०३ बजे

विसुन देव सरदार
सिराहा । आज असार १५ , अर्थात राष्ट्रिय धान दिवस ” धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा , आत्मनिर्भरता र समृद्धि सहित अठारौं राष्ट्रिय धान दिवस मनाउँदै छ।

आजको दिनलाई ” रोपाई महोत्सव ” वा रोपाई दिवसको रुपमा पनि चिनिन्छ । हाम्रो नेपाल , कृषि प्रधान देश भएकाले यहाँ परम्परा देखि नै असार १५ लाई दही चिउरा खाएर मनाउने पनि गरिन्छ ।

नेपालमा २०६२ साल देखि असार १५ लाई धान दिवसको रुपमा मनाउन शुरु गरिएको हो । सरकारले सरकारी स्तरबाट यो दिवस मनाउन पनि ग्रामीण भेगमा किसानहरुले आफ्नै तौरतरिकाले मनाउने गरिन्छ ।

photo 2021 06 29 09 00 00
आज जसरी भएपनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ।यस दिन रोपाइलाई पर्वको रुपमा मनाउने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै , छुप छुप गर्दै धान रोप्ने चलन रही आएको छ। नेपाली समाजमा परापुर्व काल देखि नै असार १५ मा चिउरा दही र साउन १५ मा खीर खाने चलन रहेको छ।

आज असार १५ वर्षकै सबभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइँने असारे गीतले आजको दिन देखि दिन छोटा र रात लामो हुँदै जाने हिउँदको शुरुवात भयो भने बुझिन्छ । हलो गोरुले हिल्याएको खेतको हिलोमा छुपछुप धान रोप्ने आपसमा रमाउने र हिलो छ्यापछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन।

असारे गीतको माया परती साट्ने समेत आजको दिन प्रयोग भएको देखिन्छ । दही चिउरा सहित आँप जस्ता फलफुल सहित कृषकहरूले आजको दिन खेतमै खाजा खाँदै गीत गाउँदै मनाउने चलन रही आएको छ।

photo 2021 06 29 09 00 01

कृषि प्रधान हाम्रो देशमा खाद्य सुरक्षाको प्रमुख आधार रुपमा रहेको धान उत्पादनलाई महत्त्व दिदैँ सरकारले असार १५ लाई राष्ट्रिय घान दिवसको रुपमा मनाउन थालेको हो ।

नेपालमा,धान उत्पादनमा कमी विभिन्न कारणबाट भएको देखिन्छ । – देशको युवा जनशक्ति विदेश प्लायन हुनु , खेतीयोग्य जमिन जथाभावी टुक्रिनु एवं घडेरीमा परिण्त हुनु , सीमित व्यक्तिहरुको हातमा धेरै जमिनको स्वामित्व रहनु ; उचित सिचाईं व्यवस्थापन नहुनु, अकासे पानीको भरमा पर्नु , उन्नत जातको बीउ वीजन, मल आदिको पर्याप्त मात्रामा उपलब्ध नहुनुका कारणहरु हो।

राष्ट्रिय स्तरमा नीति एवं कार्यक्रमहरुको विकास गर्दै धान उत्पादन बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ । राष्ट्रिय धान दिवसको अवसरमा सबैलाई भरपुर शुभकामना ।

कमेन्टहरु