धर्म–संस्कृति/रीतिथिति

करुणामय मच्छिद्रनाथ, मिननाथ जात्रा समापन

नवलपुर टुडे
२०८१ भदौ १६ | बिहान १०:०५ बजे

काठमाडाैं । श्री करुणामय मच्छिद्रनाथ साथै मिननाथ जात्रा समापन भएको छ । यस दिन बटुक भैरब मन्दिरमा माङ्साहुती यज्ञ गरी बटुक भैरब मन्दिरमा भंगेरा उडाउने, सप्तपाताल पोखरीमा माछा छोड्ने चलन परापूर्व काल देखि श्री करुणामय मच्छिद्रनाथको जात्रा संगै जोडेर आएको छ ।

यसको मुख्य उद्देश्य भनेको श्री मच्छिद्रनाथको जात्रा राम्रोसंग र सदभाव पुर्वक हर्ष उल्लासका साथ सम्पन्न भएको र यसको जानकारी स्वर्गलोकमा दिनको लागि एक जोडी भंगेरालाई कथा सुनाई उडाउने चलन रहेको छ भने पाताललोकमा एक जोडी माछा सप्तपाताल पोखरीमा छोड्ने चलन रहि आएको छ । यसका साथै यसदिन बिहान देखिनै पानेजु (पुजारी) हरुले चोखो भएर तान्त्रिक विधिपूर्वक गोप्य पूजाका साथै नित्य पुजा तथा माङ्साहुती यज्ञ गरि एक जोडी भंगेरा आकाश तर्फ सन्देश हेतु र एक जोडी माछा पानीमा सन्देश हेतु सप्तपाताल पोखरीमा छोडी समापन गर्ने विधि रहेको छ ।

यस समापन कार्यक्रममा  ललितपुरको उपमेयर मञ्जली शाक्य बज्राचार्य, वडा अध्यक्ष तथा सदस्य, विज्ञ, विभिन्न गन्यमान्य व्यक्ती, एकिकृत शहरी विकास केन्द्र, र आमन्त्रित पाहुना लगायत स्थानीय समुदायको उल्लेख्य उपस्थिति जनाएकाे थियाे । 

लगनखेल वातावरण सुधार संस्थाले बटुक भैरब मन्दिरमा माङ्साहुती यज्ञ गरी भंगेरा उडाउने, सप्तपाताल पोखरीमा माछा छोड्ने चलन बारे जानकारी तथा प्रर्वद्धन गर्न आयोजना गरिएको समाराेहमा प्रसाद ग्रहणको समेत व्यवस्था गरिएको थियो ।

पुरापूर्वकाल देखि चलि रहेकाे हरेक वर्ष तथा हरेक योजनाको अन्तिममा सोसल अडित तथा अडित गर्ने चलन सबै संस्थाको छ र गर्नुपर्छ, तर यहाँ किन जोडिएको भन्दा यस्ता सोसल अडित भनेको परा पूर्वकालदेखिनै गर्दै आईरहेको हाम्रो समाजनिकै संवेदनशील तथा सबैलाई जानकारी दिनपर्छ भन्ने मान्यता रहियाएको अग्रागामी र दिर्घगामी सोचले निकै राम्रो तथा सुव्यवस्था रहेको र अहिलेको व्यवस्थामा पनि यस्तो सोचले महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । त्यसैले त इीम् ष्क न्इीम् भनेको होला ।

उपमेयर मञ्जली शाक्य बज्राचार्य भन्नुहुन्छ सप्तपाताललाई संरक्षण गर्न महानगरले विभिन्न कार्यक्रम तथा निमार्ण कार्य गरिरहेको जानकारी दिनु भएको थियो । र भन्नु भयो यस एतिहासिक पोखरीलाई जिवन्त दिनको लागि विज्ञको टोलीको पनि साथ र सहयोग रहेको छ ।

हिति विज्ञ पद्मसुन्दर जोशीज्यू भन्नुहुन्छ –छोटकरीमा– “राज्य, समुदाय र संपदा प्रति समुदायको प्रेम र वुइलपावर नै संरक्षण गर्ने मुख्य मत्र हो” । यस समारोहमा सप्तपाताल पोखरी तथा पलेस्वां पुखु बचाउ अभियान्ताहरू तथा सम्पदाप्रेमीहरू र मिडीयाकर्मीको समेतले उल्लेख्य उपस्थिति जनाएको थियो ।  यश मान कर्माचार्य

कमेन्टहरु