देश

नुवाकोट कारागारलाई उद्योगका रुपमा विकास गरिने

नवलपुर टुडे
२०८१ भदौ १५ | मध्यान्ह ०७:०५ बजे

शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन्।

1725105658 RHN Trisuli Nuwakot karagarSanchalanPhotoNews1

“गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने हाम्रो सय दिनमा गर्ने काम मध्येको एक हो। यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छौँ । यहा प्रशस्त जाग्गा छ”, उनले भने, “त्यसको उपयोग गर्ने हो। कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ । यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउँको पनि आर्थिक विकास हुन्छ।”

कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे। “यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ। यसले यहाँको आर्थिक विकास हुन्छ”, गृहमन्त्री लेखकले भने।

कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो।

 
 

कमेन्टहरु