धर्म–संस्कृति/रीतिथिति

नवलपरासीमा हिन्दु युवा समुहद्वारा पास्टरमाथि हातपात, चर्च भवन तोडफोड

नवलपुर टुडे
२०८१ भदौ १५ | मध्यान्ह ०३:०५ बजे

नवलपरासी । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा विभिन्न प्रलोभन देखाएर नेपाल र भारत(दुबै देश)का महिला र पुरुषहरुलाई जबर्जस्ती धर्म परिबर्तन गराएको आरोपमा चर्चका दुई जना पास्टरलाई हातपात गरी चर्च भवननै तोडफोड गरेका छन ।

हिन्दु युवाहरुको ठूलो संख्यामा गएका समुहहरुले चर्चका पास्टरहरुलाई हातपात गरी चर्च भवन तोड्फोड गरेका हुन । हिन्दु युवा समुहले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका- १ रमपुरवामा रहेको न्यु फिलाडे लाफिया चर्चका पास्टर जन्त्री हरिजन र अजय यादवमाथि हातपात गरी चर्च भवन तोडफोड गरी तत्काल सो क्षेत्रबाट चर्च हटाउने माग गर्दै नारबाजी जुलुस गरेका थिए ।

पाल्हिनन्दन गाउँपालिका- १ रमपुरवामा मात्र चारवटा चर्च खुलेको आरोप लगाएका छ्न । सनातन हिन्दुधर्म माथी ठूलो प्रहार गरी चर्चका पास्टरहरुले दैनिक नेपाल र भारतका महिला पुरुषहरुलाई बोलाएर जबर्जस्ती धर्म परिबर्तन गराएको भन्दै चर्चका पास्टरहरुमाथि हातपात गरी चर्च भवन तोडफोड गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय परासी, इलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख फल बहादुए तामाङ र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म बिओपी हरपुरका डीएसपी विष्णु अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले ठूलो संख्यामा रहेका हिन्दु युवा समुहहरुको भिड तत्काल नियन्त्रणमा लिएको हो ।

सो क्षेत्रमा खिष्टियन र हिन्दुहरुको लफडा बारम्बार परिरहने क्षेत्र हो ।

कमेन्टहरु