देश

आइतबार सोमालियामा भएका हिंसामा परी ४१ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ असार १४ | मध्यान्ह ०७:०३ बजे

काठमाडौ । सोमालियामा आइतबार भएको एक आत्मघाती कार बम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ ।

सेनाले दिएको जानकारी अनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन् ।

त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए । यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते रहेका छन् ।

त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण नागरिक घाइते भएका छन् । फाइल फोटो

कमेन्टहरु