काठमाडौमा निषेधाज्ञा थप खुकुलो, २५ सिट माथिका सार्वजनिक सवारी साधन सञ्चालन हुने


काठमाडौं । ५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार निषेध आदेश जारी गर्दै भोली मंगलबारदेखि लागु हुनेगरी काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने बताएको हो ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो ।
त्यस्तै नीजि सवारी साधनहरु कार, जीप, भ्यानमा बढीमा ४ जना, ट्याक्सीमा बढीमा ३ जना र मोटर साइकल/स्कुटर पनि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।






















