नवलपरासीमा घुमुवा प्रहरीको आतंक


नवलपरासी । पश्चिम नवलपरासीमा घुमुवा प्रहरीहरुको आतंक बढेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिने घुमुवाहरुले आतंक नै मच्चाएको छ । घुमुवा प्र.स.ह. अमरेश यादव र सई हृदयेश चौहनले जिल्लाका ब्यापारी र तस्करीहरुसंग मिली महिनावारी रकम लिई तस्करी गराउने गरेको तथ्य प्रमाणसहित यसअधिनै हाम्रो मिडियाले सार्बजनिक गरेका थिए ।
घुमुवाद्वय यादव र चौहनले यस पटक महेशपुरका एउटा काजु व्यापारीसंग लाईन दिए वापत १२ गते बुधबार रु.३५ हजार बुझेको तथ्य प्रमाण आएको छ । यस प्रमाणले घुमुवाहरुको मात्र दोष देखिदैन । तस्कर र घुमुवा दुबै पक्ष दोषी हुन । घुमुवा यादव र चौहनले काजु ब्यापारीसंग रु. ३५ हजार लिएर पनि बिहान र राति गरी उनको २ क्विन्टल काजु नियन्त्रणमा लिएर भन्सार कार्यालय महेशपुर बुझाए पछि काजु ब्यापारी आफैले लाइनको पैसा बुझेर पनि काजु समाई भन्सार बुझाएको पीडा सुनाउछन ।
यस सम्बन्धी उनले जिल्लामा जति जना घुमुवा परिचालित छन । सबैले महिनावारी रकम बुझेर पनि बेला बेलामा सामान समाई दुख दिने, तर्साउने गरी आतंक नै मच्चाएको पीडा सुनाए । घुमुवाद्वयले रु.३५ हजार लाइनको पैसा बुझेर पनि २ क्विन्टल काजु समाएको सुचना बाहिरिएपछि घुमुवा अमरेश यादवले काजुको मूल्य बराबरको रक्म रु. १००,०००/- अक्षरुपी एक लाख ब्यापारीलाई फिर्ता दिएको छ ।
यससम्बन्धी जिल्लाका प्रमुखसंग बुझ्न कल गर्दा सम्पर्क हुन सकेन ।























