देश

पकहामैनपुर गाउँपालिकामा सेवाग्राही मर्कामा 

नवलपुर टुडे
२०८१ भदौ १४ | बिहान ०७:०५ बजे

वीरगन्ज । पर्सा स्थित पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । समयमा कर्मचारी नआइदिने,हाजिर गरेर निस्कि दिने जस्ता कार्यले गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ।

कामको लागि आईपुगेको स्थानीयहरू कार्यालय समयमा काम नहुँदा समय खेर गएको बताए। १० बजे देखि नै कार्यालयमा आएको उनी गाउँपालिका अध्यक्ष सुरेश मेहेता, उपाध्यक्ष सर्फुन नेशा देखि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित फाँटका कर्मचारीहरु कोही पनि भेटेनन।यस सम्बन्धि कार्यालय सहयोगीलाई सोध्दा उनले जानकारी नभएको बताएका थिए ।

गाउँपालिकाले संचालन गरेको विभिन्न विकासका योजना, सामाजिक, शिक्षा र स्वास्थ्य जस्ता विषयमा कुरा गर्दा जहिले पनि अस्पतालमा जाँदा अवषधी नै भेट्दैन।

त्यस्तै विद्यालय कक्षामा शिक्षक सुधार नहुने जस्तो स्थानीय तथा विद्यार्थीहरु द्वारा आरोप लागेको छ ।

विकासको नाममा भ्रष्टाचार बाहेक केही नगरेको उक्त गाउँपालिकाका अध्यक्षले राजनीतिक भागबन्डा लगाउनमा मात्र व्यस्त भएको त्यस्तै आफू निकट ब्यक्तिहरु लाई गाउँपालिकामा बिना विज्ञापन नियुक्ति गरेर उनले गाउँपालिकालाई आर्थिक भार थप्ने काम मात्र गरेको एक बुद्धिजीवीले बताएका हुन्।

कमेन्टहरु