कर्णाली प्रदेश

कांग्रेसले कर्णाली प्रदेशमा सम्पन्न गर्‍यो सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम

नवलपुर टुडे
२०८१ भदौ १२ | मध्यान्ह ०७:०५ बजे

सुर्खेत, भाद्र १२ । नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्णय एव निर्देशन अनुरुप देशका ७ वटै प्रदेशमा सुरु गरिएको प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सहकारी बिभागको आयोजनामा भएको कार्यक्रममा सभापति नेपाली कांग्रेस कर्णाली प्रदेश सहकारी बिभाग संयोजक पदम दाहालले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सहकारी बिभाग प्रमुख तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र प्रदेश सभापति श्री ललित जङ्ग शाही, केन्द्रिय सद्स्य तथा प्रदेश मन्त्री माननीय राजिव बिक्रम शाहीको विशिष्ट आतिथ्यतामा प्रदेश महामन्त्री श्री निरन्जन के.सी.,पुर्व प्रदेश मन्त्री तथा जिल्ला सभापति श्री खडक पोखरेल नेफ्स्कुन अध्यक्ष चन्द्र ढकालको उपस्थिति रहनुभएको थियो ।

photo 2024 08 28 19 27 56

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका पार्टी सभापतिहरु विभिन्न सहकारी अभियन्ता, सहकारी अध्यक्ष पदाधिकारी एव सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा यसअघि सम्पन्न गरिसकेको छ ।

अब मधेश प्रदेश, कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।

कमेन्टहरु