समाज

मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कारबाट निलिमा पौडेल सम्मानित

नवलपुर टुडे
२०८१ भदौ १२ | मध्यान्ह १२:०५ बजे

बलिराम श्रीवास्तव

वीरगञ्ज । मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा रेडियो वीरगञ्जकी समाचार वाचिका रेडियोकर्मी तथा महिला पत्रकार निलिमा पौडेल पुरस्कृत भएकी छिन्। पौडेललाई “मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कार” बाट सम्मान गरिएको हो, जुन मध्य नेपाल पत्रिकाले हरेक वर्ष प्रदान गर्दै आएको छ।

समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पौडेललाई प्रमाणपत्र र नगद ११ हजार १ सय १ रुपैयाँको पुरस्कार प्रदान गरे। कार्यक्रम वीरगञ्जको क्लासिक वाकमा आयोजित भएको थियो, जसको अध्यक्षता मध्य नेपाल प्रा.लि. का सञ्चालक तथा मध्य नेपाल पत्रिकाका सम्पादक कविता खड्काले गरेकी थिइन्।

कार्यक्रममा वीरगञ्ज क्षेत्रका अगुवा तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कमेन्टहरु