रौतहटबाट चार लाख भन्दाबढी अबैध सामानसहित ६ जना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ ९ | मध्यान्ह ०५:०५ बजे

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी टोली विभिन्न अबैध सामानसहित ६ जना मानिसलाई नियन्त्रणमा लिएको छ । विभिन्न मिति, समय र स्थानबाट भन्सार छली, चोरी निकासी/ पैठारी गरी नेपाल ल्याईएका सामान बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बरामद सामान कपडा, किराना खाद्यान्न, सवारी साधानको अन्दाजी मूल्य रु. ४२१५९०/-(चार लाख एक्काईस हजार पाँच सय नब्बे) बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी एवम प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएका बरामद सामानसहित मानिसहरुलाई आबश्यक थप कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको बताए ।























