कपिलवस्तुमा शनिवार खोलामा डुबेर दुई जनाको मृत्यु

नवलपुर टुडे
२०८१ भदौ ८ | मध्यान्ह ०८:०५ बजे

कपिलवस्तु । कपिलवस्तुमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार जिल्लाको बाणगंगा नगरपालिका ८ मा डुबेर दुई जनाको मृत्यु भएको हो । कोइली खोलामा नुहाउन गएका १५ वर्षका प्रतीक भण्डारी र सोही ठाउँ बस्ने १६ वर्षीय सरोज सापकोटाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवरत्व पौडेलले रातोपाटीलाई बताएका छन् ।
साथीहरूसँग दिउँसो नुहाउने क्रममा उनीहरु खोलामा हराएका थिए । स्थानीय र प्रहरी मिलेर उनीहरूलाई पिपरा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनीहरूलाई मृत घोषणा गरिएको प्रमुख पौडेलले बताए ।


















