समाज

त्रिनेत्र माध्यमिक विद्यालयकाे अध्यक्षमा पुन: विजय चौधरी

नन्द किशोर कुर्मी (लालु)
२०८१ भदौ ७ | मध्यान्ह ०८:०५ बजे

विजयनगर, भदौं ७ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनवर्षामा अवस्थित श्री त्रिनेत्र माध्यमिक विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा पुनः विजय कुमार चौधरी चयन भएका छन् । उनको दोस्रो पटक यस विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा पुन: निर्विरोध चयन भएको हो ।

वाड अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा बसेकाे बैेठकले विजय कुमार चौधरीलाई विद्यालयकाे व्यवस्थापन समितिका अध्यक्ष पदमा निर्विराेध चयन गरिएको प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिए । मनाेनित सदस्यहरुमा रामराजपाल, रामप्रकाश यादव, सावित्री पासी, चन्द्रावती गिरी, दुरपाती कोरी तथा शिक्षक प्रतिनिधि सुशिलादेवी कुर्मी लगायत चयन भएको छ ।

शुक्रबारकाे बैठकले विजय कुमार चौधरीकाे नेतृत्वमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हाे । यस्तैे श्री रामखेलावनको संयाेजकत्वमा १३ सदस्यीय शिक्षक अभिभावक संघ समिति समेत गठन गरिएको विद्यालयका प्रअ वालजी चौधरीले जानकारी दिए ।

कमेन्टहरु